Skip to content
पाल्पा दर्पण

पाल्पा दर्पण

सत्यको प्रतिबिम्ब

Primary Menu
  • होमपेज
  • समाचार
  • विचार
  • मनोरञ्जन
  • बिजनेस
  • जीवनशैली
  • खेलकुद
  • अन्य
  • खेलकुद

माथागढी कप फुटबल सुरु — अस्मित शर्माको पाँच गोलले तिनाउको विजयी सुरुवात

पाल्पा दर्पण May 9, 2025

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

पाल्पा — माथागढी गाउँपालिकाको आयोजनामा सुरु भएको माथागढी कप अन्तरपालिका फुटबल प्रतियोगिता सराई खेलमैदानमा धूमधामका साथ सुरू भएको छ। प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले शुक्रबार गर्नुभयो। उद्घाटन कार्यक्रममा मन्त्री सारुले तल्लो तहबाटै खेलाडी उत्पादन गरी अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने उदाहरणहरू प्रस्तुत गर्दै यस्ता प्रतियोगिताले युवामा ऊर्जा थप्ने बताए।

माथागढी गाउँपालिका अध्यक्ष यम चिदीका अनुसार सराई मैदानलाई पाल्पाकै प्रमुख खेलमैदानको रूपमा विकास गर्ने दीर्घकालीन योजना छ।

प्रतियोगितामा पाल्पा जिल्लाभित्रका तानसेन नगरपालिका, रामपुर नगरपालिका, तिनाउ, माथागढी र बगनासकाली गाउँपालिकाले सहभागिता जनाएका छन्। आयोजक वडाध्यक्ष तथा खेल संयोजक तेज घर्तीमगरले युवा खेलाडीलाई अगाडि बढाउने उद्देश्यसहित प्रतियोगिता गरिएको बताए।

प्रतियोगिताको उद्घाटन खेलमा तिनाउ गाउँपालिकाले बगनासकाली गाउँपालिकामाथि प्रभावशाली जित दर्ता गर्‍यो। तिनाउका अस्मित शर्माले एक्लैले पाँच गोल गर्दै टोलीलाई ५–१ को जित दिलाए। उत्कृष्ट प्रदर्शनका लागि उनलाई म्यान अफ द म्याच घोषित गरियो।

प्रतियोगिता बैशाख ३१ गतेसम्म चल्नेछ। विजेता टोलीले नगद १ लाख रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र मेडल पाउनेछ भने दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने टोलीले क्रमशः ७५ हजार र ५० हजार नगद पुरस्कार जित्नेछन्।

About the Author

पाल्पा दर्पण

Administrator

View All Posts

Like this:

Like Loading…

Post navigation

Previous: पाल्पाको निस्दीमा जिप दुर्घटना, ६ जना यात्रु घाइते
Next: माथागढी कपमा रामपुरको दबदबा, तानसेनलाई ४–२ ले पराजित

Related Stories

IMG_20250514_201736-1536x1152-1.jpg?fit=640%2C480&ssl=1
  • खेलकुद

रामपुरको एक गोलले निर्णायक जित, माथागढी कपको उपाधि कब्जा

पाल्पा दर्पण May 14, 2025
IMG_20250513_194654-scaled-1.jpg?fit=640%2C427&ssl=1
  • खेलकुद

माथागढी कप: तेस्रो स्थान तिनाउको पोल्टामा, अब फाइनलमा भिड्ने रामपुर र माथागढी!

पाल्पा दर्पण May 13, 2025

You may have missed

ChatGPT Image Jun 27, 2026, 03_57_28 PM
  • विचार

नेपाल–भारत P2P सम्झौता: लगानी, कूटनीति र राष्ट्रिय हितमाथि नयाँ बहस

Shambhu Gaire June 27, 2026 0
image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
305cd2e63dec1402838c48cb549de12a_1697789634400_0.webp
  • विचार

नेपाललाई सिरियाको बाटोमा नलगाऔं: सत्ता र विपक्ष दुवै अदूरदर्शि

Shambhu Gaire September 9, 2025
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
Copyright © पाल्पा दर्पण | MoreNews by AF themes.
%d