Skip to content
पाल्पा दर्पण

पाल्पा दर्पण

सत्यको प्रतिबिम्ब

Primary Menu
  • होमपेज
  • समाचार
  • विचार
  • मनोरञ्जन
  • बिजनेस
  • जीवनशैली
  • खेलकुद
  • अन्य
  • समाचार

पाल्पाको निस्दीमा जिप दुर्घटना, ६ जना यात्रु घाइते

पाल्पा दर्पण May 9, 2025

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

पाल्पा — पाल्पाको निस्दी गाउँपालिकामा एक जिप दुर्घटनामा परि ६ जना यात्रु घाइते भएका छन्। नवलपुरको अरुणखोलाबाट निस्दी–४ मित्यालतर्फ आउँदै गरेको लु १ ज २६४९ नम्बरको जिप लामीदमार गाउँको मोड नजिक सडकबाट करिब २० मिटर तल खसेको हो।

घाइते हुनेमा निस्दी–४, मित्यालका ३९ वर्षीय धनसरी बयम्बु, ३० वर्षीया पुष्पा राई, उनीहरूको ३ वर्षीय छोरा अभिषेक राई, ९ वर्षीय राजन राई, निस्दी–७, ज्यामिरेका ४० वर्षीय गुनबहादुर सोमै मगर र कपिलवस्तु विजयनगर–१ का ५३ वर्षीय टेकबहादुर खण्डलुक मगर छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लका अनुसार घाइते सबैलाई उपचारका लागि नवलपुरस्थित अरुणखोला अस्पतालतर्फ पठाइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिपमा चालकसहित १६ जना सवार रहेको र दुर्घटनाग्रस्त सवारीसाधन सडकबाट झण्डै २० मिटर तल खसेको रुक्सेभञ्ज्याङ प्रहरी चौकी मित्यालले जानकारी दिएको छ।

About the Author

पाल्पा दर्पण

Administrator

View All Posts

Like this:

Like Loading…

Post navigation

Previous: तिनाउ नदी संरक्षणका लागि कानुनी प्रक्रिया अघि बढ्दै, विधेयक संसद्मा पेस हुने तयारी
Next: माथागढी कप फुटबल सुरु — अस्मित शर्माको पाँच गोलले तिनाउको विजयी सुरुवात

Related Stories

image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
rambha-3-1756520131.jpg?fit=640%2C376&ssl=1
  • समाचार

रम्भा गाउँपालिकामा विकासको नयाँ पहिचान: अध्यक्ष विष्णुप्रसाद भण्डारीको नेतृत्वमा संरचनागत र सामाजिक सुधार

पाल्पा दर्पण September 1, 2025

You may have missed

ChatGPT Image Jun 27, 2026, 03_57_28 PM
  • विचार

नेपाल–भारत P2P सम्झौता: लगानी, कूटनीति र राष्ट्रिय हितमाथि नयाँ बहस

Shambhu Gaire June 27, 2026 0
image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
305cd2e63dec1402838c48cb549de12a_1697789634400_0.webp
  • विचार

नेपाललाई सिरियाको बाटोमा नलगाऔं: सत्ता र विपक्ष दुवै अदूरदर्शि

Shambhu Gaire September 9, 2025
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
Copyright © पाल्पा दर्पण | MoreNews by AF themes.
%d