Skip to content
पाल्पा दर्पण

पाल्पा दर्पण

सत्यको प्रतिबिम्ब

Primary Menu
  • होमपेज
  • समाचार
  • विचार
  • मनोरञ्जन
  • बिजनेस
  • जीवनशैली
  • खेलकुद
  • अन्य
  • बिजनेस
  • समाचार

पाल्पा – नवयुग कृषि सहकारीको ‘सहकारी पसल’ उद्घाटन

Shambhu Gaire September 1, 2025

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X
#Palpa #Prabhas #NavayugSahakari #Agriculture #Cooperative #LocalProducts #PalpaNews #PalpaDarpan

पाल्पा जिल्लाको उत्कृष्ट सहकारीमध्ये एक, नवयुग कृषि सहकारी संस्था लिमिटेड, तानसेन–७ प्रभासले सोमबार औपचारिक कार्यक्रमकाबीच नवयुग सहकारी पसल सञ्चालनमा ल्याएको छ।

पसलमार्फत कृषकबाट उत्पादन भएका कृषि उपज, दूध, मह, बीउबिजन, मलखाद, पशुपन्छी औषधि, कृषि औजार तथा दैनिक उपभोग्य वस्तुहरू सुपथ मूल्यमा उपलब्ध गराइनेछ। यसले उत्पादनको बजार विस्तार र कृषकको आम्दानी वृद्धि गर्ने अपेक्षा गरिएको छ।

जिल्ला समन्वय समिति सभापति टंकनाथ खनालले सहकारीको सिद्धान्त र ऐनको मर्ममा रहेर पारदर्शी ढंगले सहकारी सञ्चालन गर्नुपर्नेमा जोड दिँदै नवयुगको प्रगतिप्रति प्रशंसा गरे।
जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डेले प्रभासलाई कृषि उत्पादनका लागि महत्त्वपूर्ण क्षेत्र भन्दै बजार विस्तारमा कुनै चुनौती नरहेको बताए। उनले सहकारी व्यवसायमा प्रविधिको प्रयोगलाई अनिवार्य बनाउनु पर्नेमा जोड दिए।

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका वरिष्ठ पशु चिकित्सक दुर्गाप्रसाद खनालले दूध उत्पादन र गुणस्तर वृद्धिमा सहकारीलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
कृषि ज्ञान केन्द्र पाल्पाकी सूचना अधिकृत मनिषा पौडेलले नवयुगलाई उत्कृष्ट सहकारी भन्दै आगामी कार्यक्रमहरूमा प्राथमिकता दिने बताइन्।
हेफर इन्टरनेशनल नेपालका प्राविधिक विष्णु रेग्मीले भविष्यमा प्राविधिक सहयोग र सहकार्य गर्ने आश्वासन दिए।

पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक रामप्रसाद पोखरेलले पारदर्शिता र इमानदारीताले सहकारी पसल सफल हुने विश्वास व्यक्त गरे।

उद्घाटन समारोह सहकारी अध्यक्ष मोहन लाल गैरेको अध्यक्षता, उपाध्यक्ष सुशील कुमार नेपालको स्वागत र सचिव श्रीकृष्ण पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो।

About the Author

Shambhu Gaire

Administrator

View All Posts

Like this:

Like Loading…

Post navigation

Previous: रामपुर–१० माथिल्लो मनभागामा लिफ्टिङ्ग खानेपानी योजना सम्पन्न, स्थानीयलाई सहजता
Next: रम्भा गाउँपालिकामा विकासको नयाँ पहिचान: अध्यक्ष विष्णुप्रसाद भण्डारीको नेतृत्वमा संरचनागत र सामाजिक सुधार

Related Stories

image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
rambha-3-1756520131.jpg?fit=640%2C376&ssl=1
  • समाचार

रम्भा गाउँपालिकामा विकासको नयाँ पहिचान: अध्यक्ष विष्णुप्रसाद भण्डारीको नेतृत्वमा संरचनागत र सामाजिक सुधार

पाल्पा दर्पण September 1, 2025

You may have missed

ChatGPT Image Jun 27, 2026, 03_57_28 PM
  • विचार

नेपाल–भारत P2P सम्झौता: लगानी, कूटनीति र राष्ट्रिय हितमाथि नयाँ बहस

Shambhu Gaire June 27, 2026 0
image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
305cd2e63dec1402838c48cb549de12a_1697789634400_0.webp
  • विचार

नेपाललाई सिरियाको बाटोमा नलगाऔं: सत्ता र विपक्ष दुवै अदूरदर्शि

Shambhu Gaire September 9, 2025
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
Copyright © पाल्पा दर्पण | MoreNews by AF themes.
%d