Skip to content
पाल्पा दर्पण

पाल्पा दर्पण

सत्यको प्रतिबिम्ब

Primary Menu
  • होमपेज
  • समाचार
  • विचार
  • मनोरञ्जन
  • बिजनेस
  • जीवनशैली
  • खेलकुद
  • अन्य
  • समाचार

पाल्पामा ४३औँ मगर एकता दिवस भव्य रूपमा सम्पन्न

Shambhu Gaire February 28, 2025

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X


पाल्पाको माथागढी गाउँपालिकास्थित सराइको लखन थापा पार्कमा ४३औँ मगर एकता दिवस भव्य रूपमा सम्पन्न भएको छ। नेपाल मगर संघको स्थापना दिवसको अवसरमा विविध सांस्कृतिक कार्यक्रमसहित यो दिवस मनाइएको हो।

एकता दिवसको अवसरमा मगर समुदायका विभिन्न संघसंस्थाले पारम्परिक भेषभूषासहित ¥याली निकालेका थिए। झाम्रे, कौरा, सालैजो, ठूलो नाच, सोरठी जस्ता मगर परम्परागत नृत्य तथा गीतहरू प्रस्तुत गर्दै सहभागीहरूले आफ्नो मौलिक सांस्कृतिक पहिचान झल्काए। कार्यक्रम अघि सराइ र खहरे बजार क्षेत्रमा ¥याली निकालिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले मगर समुदायले आफ्नो भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्न सक्नुपर्छ भन्ने धारणा राख्नुभयो। उहाँले आफ्नो पहिचान स्थापित गर्न हिच्किचाउने प्रवृत्तिले समाजलाई पछाडि पार्ने बताउँदै मातृभाषा र सांस्कृतिक सम्पदाप्रति गर्व गर्न आग्रह गर्नुभयो।

नेपाल मगर संघ लुम्बिनी प्रदेशका सचिव तेजबहादुर घर्तीमगरले मगर समुदायको सशक्त उपस्थिति सुनिश्चित गर्न शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले राज्यका हरेक निकायमा मगर समुदायको सहभागिता जनसंख्याको आधारमा हुनुपर्ने धारणा राख्नुभयो। साथै, बालविवाह न्यूनीकरण, परम्परागत कलाहरूको प्रवर्द्धन, तथा सामाजिक एकता मजबुत बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

कार्यक्रममा नेपाल मगर संघ पाल्पाका उपाध्यक्ष शेरबहादुर सोमै, माथागढी गाउँपालिका वडा नं. १ का अध्यक्ष राजकुमार पन्थी, नेपाल मगर महिला संघ पाल्पाकी अध्यक्ष राधा थापामगर, दिव्य ज्योति नमुना माविका पूर्व प्रधानाध्यापक नारायणप्रसाद अधिकारी, खहरे बजार व्यवस्थापन समितिका अध्यक्ष ताराबहादुर सारु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।

नेपाल मगर संघ पाल्पाका अध्यक्ष भेकराज थापाको अध्यक्षता, उपाध्यक्ष विष्णुबहादुर थापाको स्वागत तथा सचिव खोमबहादुर गाहाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। दिवसको अवसरमा मगर समुदायका परम्परागत परिकारहरूको प्रदर्शनी तथा बिक्री गरिएको थियो।

सहभागीहरूले फूलबारी आमा समूह र धारादी कोसेली आमा समूहद्वारा तयार पारिएको कुँडुले घरमा राखिएका ऐतिहासिक घरेलु सामग्रीहरूको अवलोकन गरेका थिए। विभिन्न संघसंस्थाहरू र व्यक्तिहरूलाई सम्मान गरिनुका साथै, स्थानीय कलाकारहरूले साँस्कृतिक प्रस्तुति दिएका थिए।

यसैबीच, पाल्पाका विभिन्न स्थानहरू—बगनासकाली, रम्भा, पूर्वखोला, रामपुर, तिनाउ, तानसेन, रैनादेवी छहरा, रिब्दिकोट र निस्दी गाउँपालिकामा पनि मगर दिवस उल्लासपूर्वक मनाइएको छ। यस अवसरमा पाल्पाका सबै दशवटा स्थानीय तहहरूले सार्वजनिक बिदा दिएका थिए।

 

About the Author

Shambhu Gaire

Administrator

View All Posts

Like this:

Like Loading…

Post navigation

Next: नेपालमा ५.१ म्याग्निच्युडको भूकम्प महसूस

Related Stories

image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
rambha-3-1756520131.jpg?fit=640%2C376&ssl=1
  • समाचार

रम्भा गाउँपालिकामा विकासको नयाँ पहिचान: अध्यक्ष विष्णुप्रसाद भण्डारीको नेतृत्वमा संरचनागत र सामाजिक सुधार

पाल्पा दर्पण September 1, 2025

You may have missed

ChatGPT Image Jun 27, 2026, 03_57_28 PM
  • विचार

नेपाल–भारत P2P सम्झौता: लगानी, कूटनीति र राष्ट्रिय हितमाथि नयाँ बहस

Shambhu Gaire June 27, 2026 0
image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
305cd2e63dec1402838c48cb549de12a_1697789634400_0.webp
  • विचार

नेपाललाई सिरियाको बाटोमा नलगाऔं: सत्ता र विपक्ष दुवै अदूरदर्शि

Shambhu Gaire September 9, 2025
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
Copyright © पाल्पा दर्पण | MoreNews by AF themes.
%d