Skip to content
पाल्पा दर्पण

पाल्पा दर्पण

सत्यको प्रतिबिम्ब

Primary Menu
  • होमपेज
  • समाचार
  • विचार
  • मनोरञ्जन
  • बिजनेस
  • जीवनशैली
  • खेलकुद
  • अन्य
  • समाचार

रामपुरमा न्यायिक समिति र प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

पाल्पा दर्पण March 12, 2025

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

रामपुर, पाल्पा – रामपुर नगरपालिका न्यायिक समितिको आयोजनामा प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ। वडा नं. ६, विजयपुरमा मंगलबार आयोजित कार्यक्रममा कानूनी सचेतना, सामाजिक मेलमिलाप, अपराध नियन्त्रण, साइबर क्राइम, सडक सुरक्षा लगायतका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सभ्य र सुसंस्कृत नगर निर्माणका लागि सबै नागरिक सचेत हुन आवश्यक रहेको बताउँदै पछिल्लो समय नकारात्मक सोचको प्रभावका कारण अपराध र विवादहरू बढेको उल्लेख गर्नुभयो। उहाँले जनचेतना अभिवृद्धि तथा कानूनी ज्ञानको अभावले समाजमा आपराधिक गतिविधि वृद्धि भइरहेको भन्दै विवादलाई कानुनी प्रक्रिया र संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, रामपुर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक बालकुमारी थापाले न्यायिक समितिले नगरभित्र उत्पन्न विवादहरूलाई मेलमिलापको माध्यमबाट निरुपण गर्दै आएको बताउनुभयो। उहाँले सामाजिक शान्ति र मेलमिलापलाई कायम राख्न सबै पक्षको सहकार्य आवश्यक रहेको औंल्याउनुभयो।

कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले समाजमा मेलमिलाप कायम गर्दै शान्तिपूर्ण वातावरण बनाउन सबै नागरिक सचेत हुनुपर्ने धारणा राख्नुभयो। यस्तै, इलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपालीले लागुऔषध, साइबर क्राइम, सडक सुरक्षा तथा कानुनी उपचारका विषयमा सहजिकरण गर्नुभयो।

त्यस्तै, स्व. लोकनाथ उपाध्याय रेग्मीको स्मृतिमा स्थापित अक्षयकोषबाट शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै राम तुलसी नमुना माविका प्रधानाध्यापक बालकृष्ण लम्साल र पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै पत्रकार सीता डोटेललाई नगदसहित सम्मान गरिएको थियो।

About the Author

पाल्पा दर्पण

Administrator

View All Posts

Like this:

Like Loading…

Post navigation

Previous: माथागढीमा सेवा प्रवाह सरलिकरणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न
Next: सांसद ठाकुर गैरेद्वारा उपप्रधानमन्त्री सिंहलाई पाल्पाको विकासबारे ध्यानाकर्षण

Related Stories

image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
rambha-3-1756520131.jpg?fit=640%2C376&ssl=1
  • समाचार

रम्भा गाउँपालिकामा विकासको नयाँ पहिचान: अध्यक्ष विष्णुप्रसाद भण्डारीको नेतृत्वमा संरचनागत र सामाजिक सुधार

पाल्पा दर्पण September 1, 2025

You may have missed

ChatGPT Image Jun 27, 2026, 03_57_28 PM
  • विचार

नेपाल–भारत P2P सम्झौता: लगानी, कूटनीति र राष्ट्रिय हितमाथि नयाँ बहस

Shambhu Gaire June 27, 2026 0
image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
305cd2e63dec1402838c48cb549de12a_1697789634400_0.webp
  • विचार

नेपाललाई सिरियाको बाटोमा नलगाऔं: सत्ता र विपक्ष दुवै अदूरदर्शि

Shambhu Gaire September 9, 2025
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
Copyright © पाल्पा दर्पण | MoreNews by AF themes.
%d