Skip to content
पाल्पा दर्पण

पाल्पा दर्पण

सत्यको प्रतिबिम्ब

Primary Menu
  • होमपेज
  • समाचार
  • विचार
  • मनोरञ्जन
  • बिजनेस
  • जीवनशैली
  • खेलकुद
  • अन्य
  • समाचार

भत्काउने होइन, बनाउने राजनीति चाहिन्छ!” — ठाकुर गैरेको संसदमा तिखो अभिव्यक्ति

पाल्पा दर्पण May 8, 2025 1 minute read

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

नेकपा एमालेका सांसद ठाकुर प्रसाद गैरेले संसदमा बोल्दै सरकारको नीति तथा कार्यक्रम सकारात्मक दिशातर्फ अघि बढिरहेको बताउँदै विपक्षी दलहरूको निराशावादी प्रवृत्तिलाई तीव्र आलोचना गर्नुभएको छ।

प्रतिनिधिसभामा सोमबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै गैरेले भारत–पाकिस्तानबीच बढ्दो तनावले क्षेत्रीय स्थायित्वमा असर गर्न सक्ने भन्दै नेपालले शान्तिको पक्षमा स्पष्ट र प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो।

गैरेले सरकारको चालु नीति तथा कार्यक्रम विगतको तुलनामा सकारात्मक रहेको उल्लेख गर्दै भन्नुभयो, “यसपटक कार्यक्रमले संविधानका निर्देशक सिद्धान्तहरूलाई आत्मसात गरेको छ, जुन अत्यन्तै स्वागतयोग्य पक्ष हो।”

तर उहाँको जोड भने विपक्षीको भूमिकातर्फ थियो। गैरेले आलोचना गर्दै भन्नुभयो, “विपक्षी नेताहरू ‘उडायो सबै सपना हुरीले’ भन्ने गीतबाट प्रभावित देखिन्छन्। कतै आशा छैन, सबै अँध्यारो छ भन्ने मनोवृत्ति देखियो।”

उहाँले थप्नुभयो, “सरकारमा नभएपछि ‘भत्काइदिन्छु बाख्राको खोर’ भन्ने सोच आउँछ। यस्तो विनाशकारी सोचले राष्ट्र निर्माण हुँदैन।”

गैरेले संसदमा आएको आलोचनामा तीन प्रवृत्ति देखिएको बताउनुभयो।—

  1. निराशावादी गीत–प्रेरित आलोचना
  2. सरकारमा नपुगेको झोक
  3. तथ्य, तर्क र सुधारको आधारमा गरिएको रचनात्मक सुझाव

गैरेको अनुसार, सरकारले यसपटक सिद्धान्तलाई प्राथमिकता दिएको छ, सामाजिक न्याय र गरिबी निवारणजस्ता मुद्दामा ठोस कार्यक्रम ल्याउने संकेत दिएको छ।

About the Author

पाल्पा दर्पण

Administrator

View All Posts

Like this:

Like Loading…

Post navigation

Previous: माथागढी परिसरमा नेपाली सेनाद्वारा निर्मित उद्यान गाउँपालिकालाई हस्तान्तरण
Next: तिनाउ नदी संरक्षणका लागि कानुनी प्रक्रिया अघि बढ्दै, विधेयक संसद्मा पेस हुने तयारी

Related Stories

image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
rambha-3-1756520131.jpg?fit=640%2C376&ssl=1
  • समाचार

रम्भा गाउँपालिकामा विकासको नयाँ पहिचान: अध्यक्ष विष्णुप्रसाद भण्डारीको नेतृत्वमा संरचनागत र सामाजिक सुधार

पाल्पा दर्पण September 1, 2025

You may have missed

ChatGPT Image Jun 27, 2026, 03_57_28 PM
  • विचार

नेपाल–भारत P2P सम्झौता: लगानी, कूटनीति र राष्ट्रिय हितमाथि नयाँ बहस

Shambhu Gaire June 27, 2026 0
image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
305cd2e63dec1402838c48cb549de12a_1697789634400_0.webp
  • विचार

नेपाललाई सिरियाको बाटोमा नलगाऔं: सत्ता र विपक्ष दुवै अदूरदर्शि

Shambhu Gaire September 9, 2025
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
Copyright © पाल्पा दर्पण | MoreNews by AF themes.
%d