Skip to content
पाल्पा दर्पण

पाल्पा दर्पण

सत्यको प्रतिबिम्ब

Primary Menu
  • होमपेज
  • समाचार
  • विचार
  • मनोरञ्जन
  • बिजनेस
  • जीवनशैली
  • खेलकुद
  • अन्य
  • बिजनेस
  • समाचार

पाल्पा माथागढीमा सूर्योदय वोमी लघुवित्तद्वारा व्यावसायिक च्याउ खेती तालिम सम्पन्न

पाल्पा दर्पण March 18, 2025

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय झडेवाले समूहका महिला तथा अभिभावकलाई लक्षित गरी एक दिने व्यावसायिक च्याउ खेती तालिम सम्पन्न गरेको छ।

माथागढी गाउँपालिका–४, झडेवामा आयोजित उक्त तालिम वडा अध्यक्ष शंकर दर्लामीले उद्घाटन गरेका थिए। सफल व्यवसायी अर्जुन क्षेत्री प्रशिक्षक रहेको कार्यक्रममा सूर्योदय वोमी लघुवित्तका अनुगमन अधिकृत जयकृष्ण जोशी र शाखा प्रमुख सुनिल ढेंगालगायतले मन्तव्य व्यक्त गरेका थिए।

शाखा प्रमुख ढेंगाका अनुसार तालिममा ५० भन्दा बढीको सहभागिता रहेको थियो। संस्थाबाट ऋण लिएका महिलाहरूलाई आत्मनिर्भर बनाउन तथा आयआर्जनका लागि प्रेरित गर्न तालिमको आयोजना गरिएको हो।

वडा अध्यक्ष दर्लामीले कर्जाको सही सदुपयोग गरी आर्थिक स्तर सुधार्न सहभागीहरूलाई आग्रह गरे। तालिम पश्चात सहभागीहरूले च्याउ खेती व्यवसाय थाल्न आत्मविश्वास बढेको बताउँदै कार्यक्रम प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन्।

 

About the Author

पाल्पा दर्पण

Administrator

View All Posts

Like this:

Like Loading…

Post navigation

Previous: पाल्पाको रामपुर नगरपालिका वार्ड नं ३ मा विकास परियोजनाको विशेष अनुगमन
Next: पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन, मतगणना सुरु हुन अझै ढिलाइ!

Related Stories

image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
rambha-3-1756520131.jpg?fit=640%2C376&ssl=1
  • समाचार

रम्भा गाउँपालिकामा विकासको नयाँ पहिचान: अध्यक्ष विष्णुप्रसाद भण्डारीको नेतृत्वमा संरचनागत र सामाजिक सुधार

पाल्पा दर्पण September 1, 2025

You may have missed

ChatGPT Image Jun 27, 2026, 03_57_28 PM
  • विचार

नेपाल–भारत P2P सम्झौता: लगानी, कूटनीति र राष्ट्रिय हितमाथि नयाँ बहस

Shambhu Gaire June 27, 2026 0
image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
305cd2e63dec1402838c48cb549de12a_1697789634400_0.webp
  • विचार

नेपाललाई सिरियाको बाटोमा नलगाऔं: सत्ता र विपक्ष दुवै अदूरदर्शि

Shambhu Gaire September 9, 2025
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
Copyright © पाल्पा दर्पण | MoreNews by AF themes.
%d