Skip to content
पाल्पा दर्पण

पाल्पा दर्पण

सत्यको प्रतिबिम्ब

Primary Menu
  • होमपेज
  • समाचार
  • विचार
  • मनोरञ्जन
  • बिजनेस
  • जीवनशैली
  • खेलकुद
  • अन्य
  • समाचार

नेकपा एमालेको वडा केन्द्रीत पार्टी निर्माण अभियान सफलतापूर्वक सम्पन्न

पाल्पा दर्पण March 1, 2025 1 minute read

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X


पाल्पा – २०८१ फागुन १६ गते नेकपा एमालेद्वारा आयोजित वडा केन्द्रीय पार्टी निर्माण अभियान अभिमुखीकरण कार्यक्रम तानसेन नगरपालिकाको हलमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित रहे।

कार्यक्रममा विशेष अतिथिका रूपमा पोलिटब्युरो सदस्य ठाकुर गैरे, राधाकृष्ण कँडेल तथा केन्द्रीय कमिटीका अन्य नेताहरूको उपस्थिति रहेको थियो। साथै, प्रदेश कमिटी, जिल्ला कमिटी, नगरपालिका तथा गाउँपालिकाका प्रतिनिधिहरू, वडास्तरीय नेताहरू लगायत विभिन्न तहका पार्टी पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी सुदृढीकरण, संगठन विस्तार तथा आगामी योजनाहरूका बारेमा प्रशिक्षण दिए। उनले पार्टीलाई अझ जनतामैत्री, समावेशी र सशक्त बनाउन वडा स्तरसम्मको अभियान महत्त्वपूर्ण रहेको उल्लेख गरे।

कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले कांग्रेस र कम्युनिष्टबीचको सहकार्य आजको मात्रै नभई २००७ सालदेखि निरन्तर जारी रहेको बताए। उनले २००७ सालमा प्रजातन्त्र स्थापनादेखि २०३६ सालको जनमत संग्रह, २०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापनादेखि २०६२/०६३ को जनआन्दोलन र २०७२ को संविधान निर्माणसम्म एमाले र कांग्रेसबीच सहकार्य रहँदै आएको उल्लेख गरे।

उनले २०८४ को तीनवटै आम निर्वाचनमा एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँग हुने भए पनि विगतका उपलब्धिहरूलाई जोगाउँदै मुलुकलाई अस्थिरताबाट जोगाउन सत्ता साझेदारी गरिएको बताए। उनले एमालेलाई मुलुकको स्थायित्व र समृद्धिका लागि अघि बढ्न कार्यकर्ताहरूलाई एकताबद्ध भएर लाग्न आग्रह गरे।

पोखरेलले एमाले पार्टी अब पुरानो पुस्ताले मात्र सञ्चालन गर्न नसकिने भन्दै विषय विज्ञ, अनुभवी नेताहरू र नयाँ पुस्ताको समान सहभागिता आवश्यक रहेको बताए। उनले पार्टीको भविष्य सुनिश्चित गर्न सबै तहमा नयाँ नेतृत्व विकासमा जोड दिइएको जानकारी गराए।

कार्यक्रममा पोलिटब्युरो सदस्य ठाकुरप्रसाद गैरेले वडा केन्द्रित अभियानले पार्टीलाई अझ संगठित, जनतामैत्री, विकासमुखी र समावेशी बनाउन मद्दत गर्ने बताए। उनले पार्टी नीति, सिद्धान्त र विचार जनस्तरमा पुर्‍याउने, टोल टोलमा जनसंगठन विस्तार गर्ने तथा पार्टी सदस्यता नवीकरणलाई तीव्रता दिने योजना रहेको जानकारी दिए।

गैरेले भने, “चैत्र महिनाभित्र पाल्पाका ८१ वटै वडाबाट प्राप्त सुझावलाई समेटी गाउँपालिका, प्रदेश र संघीय सरकार समक्ष प्रस्तुत गरिनेछ। आगामी भदौमा हुने विधान महाधिवेशनमा स्थानीय तहबाट उठेका विषयलाई नीतिगत रूपमा समावेश गरिनेछ।”

कार्यक्रममा पाल्पाका १० पालिका, ८१ वडाका प्रतिनिधिहरू, जिल्ला कमिटी, क्षेत्रीय कमिटीका सदस्यहरू, एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रम जिल्ला अध्यक्ष ओमबहादुर घर्तिमगरको अध्यक्षता, उपाध्यक्ष विमल काफ्लेले स्वागत मन्तव्य तथा सचिव रामजी पोखरेलले सञ्चालन गरेका थिए।

 

About the Author

पाल्पा दर्पण

Administrator

View All Posts

Like this:

Like Loading…

Post navigation

Previous: नेपालमा ५.१ म्याग्निच्युडको भूकम्प महसूस
Next: प्रकृति लम्साल प्रकरण: लल्लनटपको रिपोर्टमा केआईआईटी विश्वविद्यालयको भित्री वास्तविकता उजागर ।

Related Stories

image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
rambha-3-1756520131.jpg?fit=640%2C376&ssl=1
  • समाचार

रम्भा गाउँपालिकामा विकासको नयाँ पहिचान: अध्यक्ष विष्णुप्रसाद भण्डारीको नेतृत्वमा संरचनागत र सामाजिक सुधार

पाल्पा दर्पण September 1, 2025

You may have missed

ChatGPT Image Jun 27, 2026, 03_57_28 PM
  • विचार

नेपाल–भारत P2P सम्झौता: लगानी, कूटनीति र राष्ट्रिय हितमाथि नयाँ बहस

Shambhu Gaire June 27, 2026 0
image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
305cd2e63dec1402838c48cb549de12a_1697789634400_0.webp
  • विचार

नेपाललाई सिरियाको बाटोमा नलगाऔं: सत्ता र विपक्ष दुवै अदूरदर्शि

Shambhu Gaire September 9, 2025
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
Copyright © पाल्पा दर्पण | MoreNews by AF themes.
%d