Skip to content
पाल्पा दर्पण

पाल्पा दर्पण

सत्यको प्रतिबिम्ब

Primary Menu
  • होमपेज
  • समाचार
  • विचार
  • मनोरञ्जन
  • बिजनेस
  • जीवनशैली
  • खेलकुद
  • अन्य
  • समाचार

दोस्रो तानसेन महोत्सव चैत्र २२ देखि सुरु, पर्यटन र व्यापार प्रवर्द्धनमा जोड

पाल्पा दर्पण March 27, 2025 1 minute read

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

पाल्पा — तानसेन नगरपालिकाको टुडिखेलमा दोस्रो तानसेन महोत्सव आगामी चैत्र २२ गतेदेखि सुरु हुने भएको छ। २०८१ चैत २२ देखि २०८२ वैशाख ३ गतेसम्म सञ्चालन हुने यस महोत्सवको उद्देश्य नगरपालिकाको आन्तरिक आम्दानी वृद्धिसँगै पर्यटन, व्यापार, कृषि, रोजगारी, तथा उद्योग प्रवर्द्धन गर्नु हो। महोत्सवको मुख्य आयोजक पाल्पा व्यापार संघ रहेको छ भने लुम्बिनी प्रदेश सरकारको बन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, पर्यटन विकास परिषद्, र घरेलु तथा साना उद्योग पाल्पाले सहआयोजकको भूमिका निर्वाह गर्दैछन्। महोत्सव व्यवस्थापनको जिम्मेवारी एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्रा. लि., चितवनले लिएको छ।

यसपटक महोत्सवमा पहिलो पटक “फिस टनेल” राखिनेछ, जसले आगन्तुकहरूलाई नौलो अनुभव दिनेछ। साथै, औद्योगिक वस्तु तथा सेवाहरूको प्रदर्शनी, लगानी अवसरहरूको सिर्जना, लघु तथा घरेलु उद्योग प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, भाषा-संस्कृति संरक्षण, तथा प्रविधिको पहिचानलगायत विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन्। तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठका अनुसार, महोत्सवले स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्दै आर्थिक गतिविधिलाई टेवा पुर्‍याउनेछ।

महोत्सवलाई थप आकर्षक बनाउन स्थानीय टोल विकास संस्था, विद्यालय तथा विभिन्न संघ-संस्थाको सहभागितामा झाँकी प्रदर्शन र र्‍याली निकालिनेछ। साथै, “तानसेन डान्स आइडल” प्रतियोगिता पनि आयोजना गरिनेछ। प्रतियोगिताका विजेताहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ। झाँकी तथा र्‍याली प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्ने समूहहरूले क्रमशः रु. ५०,०००, रु. ३०,०००, रु. २०,००० र रु. ५,००० नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, तानसेन डान्स आइडलका विजेताहरूलाई क्रमशः रु. ४५,५५५, रु. ३०,५५५, र रु. २०,५५५ प्रदान गरिनेछ। विद्यालय नृत्य प्रतियोगितामा भने प्रथम, दोस्रो, र तेस्रो स्थान प्राप्त गर्ने विद्यालयहरूले क्रमशः रु. १५,५५५, रु. १०,५५५, र रु. ५,५५५ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

महोत्सवमा ३०० भन्दा बढी स्टल रहनेछ भने करिब ५ लाख दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ। नगरपालिकाले महोत्सव अवधिमा ८ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरेको छ। स्टलहरूमा व्यापारिक गतिविधि व्यापक हुने भएकाले यसले स्थानीय तथा राष्ट्रिय व्यवसायीहरूलाई थप अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

महोत्सव प्रवेशका लागि साधारण टिकट रु. ७५ तोकिएको छ भने विद्यार्थीका लागि रु. ५० लाग्नेछ। जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। महोत्सवका आयोजकहरूले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सबैलाई सहभागिताका लागि आग्रह गरेका छन्।

About the Author

पाल्पा दर्पण

Administrator

View All Posts

Like this:

Like Loading…

Post navigation

Previous: लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्रीद्वारा पाल्पा अस्पतालको भवन शिलान्यास
Next: लुम्बिनी स्वास्थ्य मन्त्रालयको लक्ष्य: असारसम्म बेरुजु शून्य

Related Stories

image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
rambha-3-1756520131.jpg?fit=640%2C376&ssl=1
  • समाचार

रम्भा गाउँपालिकामा विकासको नयाँ पहिचान: अध्यक्ष विष्णुप्रसाद भण्डारीको नेतृत्वमा संरचनागत र सामाजिक सुधार

पाल्पा दर्पण September 1, 2025

You may have missed

ChatGPT Image Jun 27, 2026, 03_57_28 PM
  • विचार

नेपाल–भारत P2P सम्झौता: लगानी, कूटनीति र राष्ट्रिय हितमाथि नयाँ बहस

Shambhu Gaire June 27, 2026 0
image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
305cd2e63dec1402838c48cb549de12a_1697789634400_0.webp
  • विचार

नेपाललाई सिरियाको बाटोमा नलगाऔं: सत्ता र विपक्ष दुवै अदूरदर्शि

Shambhu Gaire September 9, 2025
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
Copyright © पाल्पा दर्पण | MoreNews by AF themes.
%d