Skip to content
पाल्पा दर्पण

पाल्पा दर्पण

सत्यको प्रतिबिम्ब

Primary Menu
  • होमपेज
  • समाचार
  • विचार
  • मनोरञ्जन
  • बिजनेस
  • जीवनशैली
  • खेलकुद
  • अन्य
  • समाचार

तेस्रो माडी महोत्सव जेष्ठ २ देखि १४ गतेसम्म माथागढीको सराईमा हुने

पाल्पा दर्पण May 15, 2025

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

पाल्पा, माथागढी – उद्योग व्यापार संघ माथागढीको आयोजनामा तेस्रो माडी महोत्सव यही जेष्ठ २ गतेदेखि १४ गतेसम्म माथागढी गाउँपालिका–३ स्थित कसेनी सराईमा आयोजना हुने भएको छ।

महोत्सवको मुख्य उद्देश्य माथागढी–माडी क्षेत्रमा उत्पादन हुने कृषि, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रवर्द्धन गर्नुका साथै स्थानीय कला र संस्कृतिको संरक्षण र जगेर्ना गर्नु रहेको मेला मूल आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष भेगराज थापाले जानकारी दिनुभयो।

उहाँले पत्रकार सम्मेलनमा स्थानीय स्टलहरूलाई निःशुल्क रुपमा महोत्सवमा सहभागी गराइने बताउनुभयो। महोत्सवमा १५० भन्दा बढी स्टल रहनेछन जसमा बाल उद्यान, लत्ता कपडा, खाद्यान्न, होटल, घरेलु सामग्री लगायतका विभिन्न वस्तुहरूको प्रदर्शनी तथा बिक्री हुनेछ।

संघका अनुसार महोत्सवबाट करिब ३ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ भने १ लाख दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ।

पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष कमलराज तिमिल्सेनाले महोत्सवले स्थानीय व्यापारी तथा व्यवसायीका उत्पादनलाई प्रवर्द्धन गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम संघका अध्यक्ष भेगराज थापाको अध्यक्षता तथा महासचिव खेमान दिशामगरको सञ्चालनमा सम्पन्न भएको थियो। पत्रकार सम्मेलनमा पत्रकार महासंघ जिल्ला शाखाका निवर्तमान अध्यक्ष रेखिराम राना, वडा नं. ३ का अध्यक्ष तेज घर्ती लगायत विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकार तथा आयोजक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।

About the Author

पाल्पा दर्पण

Administrator

View All Posts

Like this:

Like Loading…

Post navigation

Previous: रामपुरको एक गोलले निर्णायक जित, माथागढी कपको उपाधि कब्जा
Next: रम्भा, पूर्वखोला र निस्दी गाउँपालिकामा सञ्चालित क्षयरोग कार्यक्रमको संयुक्त समीक्षा सम्पन्न

Related Stories

image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
rambha-3-1756520131.jpg?fit=640%2C376&ssl=1
  • समाचार

रम्भा गाउँपालिकामा विकासको नयाँ पहिचान: अध्यक्ष विष्णुप्रसाद भण्डारीको नेतृत्वमा संरचनागत र सामाजिक सुधार

पाल्पा दर्पण September 1, 2025

You may have missed

ChatGPT Image Jun 27, 2026, 03_57_28 PM
  • विचार

नेपाल–भारत P2P सम्झौता: लगानी, कूटनीति र राष्ट्रिय हितमाथि नयाँ बहस

Shambhu Gaire June 27, 2026 0
image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
305cd2e63dec1402838c48cb549de12a_1697789634400_0.webp
  • विचार

नेपाललाई सिरियाको बाटोमा नलगाऔं: सत्ता र विपक्ष दुवै अदूरदर्शि

Shambhu Gaire September 9, 2025
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
Copyright © पाल्पा दर्पण | MoreNews by AF themes.
%d