Skip to content
पाल्पा दर्पण

पाल्पा दर्पण

सत्यको प्रतिबिम्ब

Primary Menu
  • होमपेज
  • समाचार
  • विचार
  • मनोरञ्जन
  • बिजनेस
  • जीवनशैली
  • खेलकुद
  • अन्य
  • समाचार

डढेलोले भयानक विपत्ति : निस्दी–१ बाँकामलाङमा घरगोठ जली खरानी, २५ लाखको क्षति

पाल्पा दर्पण April 23, 2025

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

पाल्पा — जंगलमा लागेको डढेलोले एकैछिनमा घर–गोठ, जनावर र जिन्दगीभरको पसिनालाई खरानी बनाइदियो। निस्दी गाउँपालिका–१, बाँकामलाङको जुरेडाँडास्थित बन्चरेडाँडा जंगल क्षेत्रमा मंगलबार दिउँसो सुरु भएको डढेलो बस्तीमा पस्दा दिलबहादुर सारुको घरगोठ पूर्णरूपमा जलेर नष्ट भएको छ।स्थानीय शालिकराम पाण्डेयका अनुसार डढेलो हावाहुरीसँगै उडेर सारुको खरले छाएको गोठमा पसेपछि आगो फैलिँदै घरसमेत समेटिएको हो।गोठमा रहेका गाई, भैसी, २० वटा बाख्रा, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा सबै जलेर नष्ट भएका छन्।प्रहरी चौकी केलादीका अनुसार प्रारम्भिक अनुमानमा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। सारुको घरसँगै रहेका थप दुई घरलाई भने स्थानीयको प्रयासमा डढेलोबाट जोगाइएको छ।डढेलो बस्तीमा पस्न नदिन स्थानीय बासिन्दा जंगलमै आगो निभाउन गएका बेला हावाहुरीले विपत्ति निम्त्याएको हो।यस भीषण विपत्तिपछि सारुलाई तत्काल राहत स्वरूप पछौटेपन उन्मुलन समाज (बेस) नेपालले ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ।यसैबीच, तिनाउ गाउँपालिका–५ को कोलडाँडा जंगल क्षेत्रमा पनि डढेलो लागेको खबर आएको छ।सामान्यतः शुष्क मौसम र हावाहुरीका कारण पाल्पाका वनक्षेत्र डढेलोको चपेटामा पर्ने गरेका छन्। यस्ता घटनाले केवल वन क्षेत्र मात्र होइन, मानवीय बस्ती र जीवनलाई समेत संकटमा पारिरहेको छ।

About the Author

पाल्पा दर्पण

Administrator

View All Posts

Like this:

Like Loading…

Post navigation

Previous: कक्षा १२ को परीक्षा १० दिन पछाडि : शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य अन्योलमा
Next: माथागढी परिसरमा नेपाली सेनाद्वारा निर्मित उद्यान गाउँपालिकालाई हस्तान्तरण

Related Stories

image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
rambha-3-1756520131.jpg?fit=640%2C376&ssl=1
  • समाचार

रम्भा गाउँपालिकामा विकासको नयाँ पहिचान: अध्यक्ष विष्णुप्रसाद भण्डारीको नेतृत्वमा संरचनागत र सामाजिक सुधार

पाल्पा दर्पण September 1, 2025

You may have missed

ChatGPT Image Jun 27, 2026, 03_57_28 PM
  • विचार

नेपाल–भारत P2P सम्झौता: लगानी, कूटनीति र राष्ट्रिय हितमाथि नयाँ बहस

Shambhu Gaire June 27, 2026 0
image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
305cd2e63dec1402838c48cb549de12a_1697789634400_0.webp
  • विचार

नेपाललाई सिरियाको बाटोमा नलगाऔं: सत्ता र विपक्ष दुवै अदूरदर्शि

Shambhu Gaire September 9, 2025
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
Copyright © पाल्पा दर्पण | MoreNews by AF themes.
%d