Skip to content
पाल्पा दर्पण

पाल्पा दर्पण

सत्यको प्रतिबिम्ब

Primary Menu
  • होमपेज
  • समाचार
  • विचार
  • मनोरञ्जन
  • बिजनेस
  • जीवनशैली
  • खेलकुद
  • अन्य
  • समाचार

ठाकुर गैरेले वनपैदावार र शिक्षक आन्दोलनबारे संसदमा सरकारको ध्यानाकर्षण गराउनुभयो

पाल्पा दर्पण March 5, 2025 1 minute read

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

काठमाण्डौं । पाल्पा जिल्ला क्षेत्र नम्बर २ प्रतिनिधि सभा सांसद ठाकुर गैरेले आज संसदमा वन पैदावारको सही उपयोग र शिक्षक आन्दोलनका विषयमा धारणा व्यक्त गर्नुभएको छ। वन पैदावारलाई आयात घटाउने र निर्यात बढाउने हिसाबले व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउँदै सामुदायिक वन उपभोक्ता समितिमार्फत वन व्यवस्थापनमा भएका महत्वपूर्ण प्रयासहरूको प्रशंसा गर्दै वन पैदावारको सही उपयोग गरिएमा देशको आर्थिक समृद्धिमा ठूलो योगदान पुग्ने बताउनुभयो। उहाँले भन्नुभयो, “हामीसँग वन पैदावारलाई निर्यात गर्न सक्ने पर्याप्त क्षमता छ, तर सरकारको सही नीति आवश्यक छ।”

वनपैदावारको प्रयोग र आर्थिक समृद्धिको सवालमा अहिले देशव्यापी आन्दोलन भइरहेको छ। विशेषगरी लुम्बिनी प्रदेशमा आन्दोलन तीव्र बनेको भन्दै उहाँले आन्दोलनरत पक्षहरूसँग वार्ता गरेर दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह गर्नुभयो।

शिक्षक आन्दोलनप्रति गहिरो चासो

गैरे विद्यार्थी राजनीति हुँदै राष्ट्रिय राजनीतिमा प्रवेश गरेको नेता भएकाले शिक्षासम्बन्धी विषयमा विशेष चासो राख्ने गर्नुहुन्छ। यसै क्रममा उहाँले संसदमा विगतमा सरकारले शिक्षक महासंघसँग गरेका सम्झौताहरू तत्काल कार्यान्वयन गर्नुपर्ने माग  गर्नुभयो।  उहाँले भन्नुभयो, “शिक्षक आन्दोलनको पुनः तयारी भइरहेको छ। सरकारले सम्झौताहरू पूरा नगर्दा समस्या दोहोरिइरहेको छ।” उहाँले शिक्षा विधेयक छिटो पारित गर्नुपर्नेमा पनि जोड दिनुभयो। 

भिडियो हेर्नुहोस्
https://hr.parliament.gov.np/np/video/21299

About the Author

पाल्पा दर्पण

Administrator

View All Posts

Like this:

Like Loading…

Post navigation

Previous: जल्पादेवी आधारभूत विद्यालयमा वार्षिकोत्सव सम्पन्न, ओके बाजेले सहयोगको प्रतिबद्धता जनाए
Next: संसारकोट जंगलमा डढेलो तीन दिनदेखि नियन्त्रणबाहिर, १६८ हेक्टर वन जलेर नष्ट

Related Stories

image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
rambha-3-1756520131.jpg?fit=640%2C376&ssl=1
  • समाचार

रम्भा गाउँपालिकामा विकासको नयाँ पहिचान: अध्यक्ष विष्णुप्रसाद भण्डारीको नेतृत्वमा संरचनागत र सामाजिक सुधार

पाल्पा दर्पण September 1, 2025

You may have missed

ChatGPT Image Jun 27, 2026, 03_57_28 PM
  • विचार

नेपाल–भारत P2P सम्झौता: लगानी, कूटनीति र राष्ट्रिय हितमाथि नयाँ बहस

Shambhu Gaire June 27, 2026 0
image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
305cd2e63dec1402838c48cb549de12a_1697789634400_0.webp
  • विचार

नेपाललाई सिरियाको बाटोमा नलगाऔं: सत्ता र विपक्ष दुवै अदूरदर्शि

Shambhu Gaire September 9, 2025
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
Copyright © पाल्पा दर्पण | MoreNews by AF themes.
%d