Skip to content
पाल्पा दर्पण

पाल्पा दर्पण

सत्यको प्रतिबिम्ब

Primary Menu
  • होमपेज
  • समाचार
  • विचार
  • मनोरञ्जन
  • बिजनेस
  • जीवनशैली
  • खेलकुद
  • अन्य
  • समाचार

चिदीपानीमा मानसिक स्वास्थ्य र सामाजिक समस्याबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

पाल्पा दर्पण March 24, 2025 1 minute read

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

पाल्पा- माथागढी गाउँपालिकाको आयोजनामा चिदीपानीस्थित वडा कार्यालयको भवनमा आत्महत्या, सडक दुर्घटना, नसर्ने रोग र मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। एक दिने उक्त कार्यक्रममा माथागढी गाउँपालिकाका वडा नं. १, २, र ३ का जनप्रतिनिधिहरू, विद्यालयका शिक्षकहरू, सहकारी संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा परम्परागत उपचारमा संलग्न व्यक्ति सहभागी भएका थिए।

गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीका अनुसार नेपालमा नसर्ने रोगहरू बढ्दै गएका छन्, जसको उपचार महँगो र दीर्घकालीन हुने भएकाले समाजमा ठूलो असर पारिरहेको छ। मानसिक स्वास्थ्य समस्या, आत्महत्या र सडक दुर्घटनाका कारण पनि समाज प्रभावित भइरहेको भन्दै उनले यस्ता समस्याबारे जनचेतना अभिवृद्धि गर्न कार्यक्रम आयोजना गरिएको बताए।

माथागढी-१ का वडा अध्यक्ष राजकुमार पन्थीले कार्यक्रममा सहभागी सबैजना समुदायका अगुवा भएकाले उनीहरूले आत्महत्या न्यूनीकरण, सडक दुर्घटना रोकथाम तथा नसर्ने रोगबारे जानकारी लिएर समाजमा चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रम माथागढी गाउँपालिका वडा नं. १ का अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक राजकुमार पन्थीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी रहेका थिए भने वडा सदस्यहरू डुकुल गाहा, टोल बहादुर मस्राङी, लिला कुमारी बि.क., तथा वडा नं. २ का सदस्य यानसिं थापा लगायतले आतिथ्यता जनाएका थिए। कार्यक्रमको सहजीकरण मेडिकल अधिकृत डा. विवेक पौडेल, स्वास्थ्य शाखा प्रमुख केशव जि.सी. तथा प्रहरी सहायक निरीक्षक चुरामणी अधिकारीले गरेका थिए।

About the Author

पाल्पा दर्पण

Administrator

View All Posts

Like this:

Like Loading…

Post navigation

Previous: तानसेनमा विद्यालय स्वास्थ्य तथा पोषण सम्बन्धी विशेष तालिम सुरु
Next: पाल्पा, बाँके र अर्घाखाँचीमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयारी अभियान सुरू

Related Stories

image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
rambha-3-1756520131.jpg?fit=640%2C376&ssl=1
  • समाचार

रम्भा गाउँपालिकामा विकासको नयाँ पहिचान: अध्यक्ष विष्णुप्रसाद भण्डारीको नेतृत्वमा संरचनागत र सामाजिक सुधार

पाल्पा दर्पण September 1, 2025

You may have missed

ChatGPT Image Jun 27, 2026, 03_57_28 PM
  • विचार

नेपाल–भारत P2P सम्झौता: लगानी, कूटनीति र राष्ट्रिय हितमाथि नयाँ बहस

Shambhu Gaire June 27, 2026 0
image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
305cd2e63dec1402838c48cb549de12a_1697789634400_0.webp
  • विचार

नेपाललाई सिरियाको बाटोमा नलगाऔं: सत्ता र विपक्ष दुवै अदूरदर्शि

Shambhu Gaire September 9, 2025
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
Copyright © पाल्पा दर्पण | MoreNews by AF themes.
%d