Skip to content
पाल्पा दर्पण

पाल्पा दर्पण

सत्यको प्रतिबिम्ब

Primary Menu
  • होमपेज
  • समाचार
  • विचार
  • मनोरञ्जन
  • बिजनेस
  • जीवनशैली
  • खेलकुद
  • अन्य
  • समाचार

पाल्पाको पूर्वखोला गाउँपालिकामा पोषणमैत्री स्वास्थ्य सेवा पूर्ण कार्यान्वयन

पाल्पा दर्पण May 19, 2025

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

पाल्पा — पाल्पाको पूर्वखोला गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्था औपचारिक रूपमा “पोषणमैत्री स्वास्थ्य संस्था” घोषित भएका छन्।

हालै सम्पन्न कार्यक्रममार्फत गाउँपालिकाको जल्पा र सिलुवा स्वास्थ्य चौकीलाई पोषणमैत्री घोषणा गरिएपछि अब पालिकाभित्रका रिङ्नेरह, बीरकोट, देवीनगर, हेक्लाङ, जल्पा र सिलुवा सबै स्वास्थ्य संस्था पोषणमैत्री बन्न पुगेका हुन्।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल, गाउँपालिका अध्यक्ष नुनबहादुर थापा, उपाध्यक्ष भागिरथी भट्टराईलगायतका पदाधिकारीको उपस्थितिमा स्वास्थ्य संस्थाहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

स्वास्थ्य शाखा प्रमुख मोहन ढकालका अनुसार, संस्थाहरुलाई पोषणमैत्री बनाउन आवश्यक सबै सूचकहरू पुरा गरिएका छन्। यसमा नियमित अनुगमन, प्रशिक्षित जनशक्ति, सफा शौचालय, स्वच्छ पानी, पोषण औषधि र उपकरणहरूको उपलब्धता सुनिश्चित गरिएको छ।

स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, व्यवस्थापन समिति र वडास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिहरूको सहकार्यमा यो उपलब्धि हासिल भएको हो। अब सूचकहरूलाई कायम राख्दै सेवा गुणस्तर अझ सुधार गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष थापाले बताए।

स्वास्थ्य संस्थाहरूमा पोषण सेवा सुदृढ गर्न आवश्यक सामग्री — भिटामिन ए, जिंक, बालभिटा, आइरन ट्याब्लेट लगायत एक महिनाको मौज्दात कायम गरिएको छ। साथै, प्रत्येक महिनामा समितिको बैठक बस्ने, पोषणसम्बन्धी जानकारी प्रदर्शन गर्ने, बालबालिकाको नियमित तौल नापजाँच गर्ने लगायतका गतिविधिहरू जारी छन्।

गाउँपालिकाले यो अवसरमा किशोर–किशोरी मैत्री सेवा, पूर्ण संस्थागत प्रसूति, पूर्ण खोप सुनिश्चितता लगायतका सेवा सुधार अभियान पनि सार्वजनिक गरेको छ।

कार्यक्रमको अन्त्यमा योगदान दिने सबै स्वास्थ्य चौकी व्यवस्थापन समिति र महिला स्वयंसेविकाहरुलाई सम्मान गरिएको थियो।

About the Author

पाल्पा दर्पण

Administrator

View All Posts

Like this:

Like Loading…

Post navigation

Previous: रम्भा, पूर्वखोला र निस्दी गाउँपालिकामा सञ्चालित क्षयरोग कार्यक्रमको संयुक्त समीक्षा सम्पन्न
Next: भूमिसम्बन्धी ऐनले समृद्धिको मार्ग खोल्नेछ : सांसद ठाकुर प्रसाद गैरे

Related Stories

image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
rambha-3-1756520131.jpg?fit=640%2C376&ssl=1
  • समाचार

रम्भा गाउँपालिकामा विकासको नयाँ पहिचान: अध्यक्ष विष्णुप्रसाद भण्डारीको नेतृत्वमा संरचनागत र सामाजिक सुधार

पाल्पा दर्पण September 1, 2025

You may have missed

ChatGPT Image Jun 27, 2026, 03_57_28 PM
  • विचार

नेपाल–भारत P2P सम्झौता: लगानी, कूटनीति र राष्ट्रिय हितमाथि नयाँ बहस

Shambhu Gaire June 27, 2026 0
image_1
  • समाचार

२०७२ को भूकम्पको असफलताले २०८२ मा सिंहदरबार जलायो

Shambhu Gaire January 4, 2026
305cd2e63dec1402838c48cb549de12a_1697789634400_0.webp
  • विचार

नेपाललाई सिरियाको बाटोमा नलगाऔं: सत्ता र विपक्ष दुवै अदूरदर्शि

Shambhu Gaire September 9, 2025
542673556_1197108289114429_5350699731446743608_n
  • समाचार

पाल्पामा शव फेला: पहिचान हुन बाँकी

पाल्पा दर्पण September 4, 2025
Copyright © पाल्पा दर्पण | MoreNews by AF themes.
%d