पाल्पा दर्पण

स्वास्थ्यमन्त्री सारुको आकस्मिक अनुगमन: पाल्पा अस्पतालको सेवा प्रवाहमा सुधारको संकेत

पाल्पा – लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले ०२ वैशाख २०८२ मा पाल्पा अस्पतालमा आकस्मिक छड्के अनुगमन गर्दै जनतालाई गुणवत्तायुक्त स्वास्थ्य सेवा दिन प्रतिबद्ध रहेको सन्देश दिएका छन्।

अस्पतालको आकस्मिक अनुगमनका क्रममा मन्त्री सारुले विभिन्न विभागहरू, प्रशासनिक व्यवस्था, हाजिरी तथा विदाको अभिलेखिकरण, कर्मचारीहरूको जिम्मेवारी वहन, दर्ता–चलानी प्रणाली, ड्रेस कोड जस्ता विषयमा गम्भीर चासो व्यक्त गर्दै तत्काल सुधार गर्न निर्देशन दिनुभयो।

अनुगमनपछि मन्त्री सारुले अस्पतालका विभिन्न विभाग प्रमुखहरूसँग संयूक्त बैठक गर्दै अस्पतालमा देखिएका समस्या र समाधानका उपायहरूमाथि खुला छलफल गर्नुभयो। उहाँले सेवा प्रवाह प्रभावकारी बनाउन सबै कर्मचारीले पेशागत उत्तरदायित्व र अनुशासनमा रहनुपर्ने आवश्यकता औंल्याउनुभयो।

स्वास्थ्यमन्त्री सारुको यो छड्के अनुगमनले पाल्पा अस्पतालको सेवा प्रणालीमा सुधारको आशा जगाएको छ। जनस्तरमा उठ्दै आएका गुनासा र असन्तोषका सन्दर्भमा यस्तो सक्रियता प्रशंसनीय कदमको रूपमा हेरिएको छ।

Exit mobile version