पाल्पा दर्पण

सिद्धबाबा क्षेत्रमा बिहानै ठूलो पहिरो: कार पुरियो, टिपर फस्यो, सडक पूर्णरूपमा अबरुद्ध

पाल्पा, — आज बिहान ४ बजेको आसपास पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्रमा भीषण पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अबरुद्ध भएको छ।स्थानीय प्रहरीका अनुसार, पहिरोले लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कारलाई पूर्ण रूपमा पुरेको छ। कार बुटवलबाट पाल्पाको भैरवस्थानतर्फ जाँदै थियो। गाडीमा सवार चालक र यात्रु भने सकुशल रहेको जनाइएको छ।यसैबीच, सोही क्षेत्रमा निर्माणाधीन कल्भर्ट भासिएर एक टिपर समेत फसेको छ। दोभान प्रहरी चौकीका अनुसार, टिपर हटाउने कार्य र पहिरो पन्छाउने काम जारी छ। घटनास्थलमा स्थानीय प्रशासन, प्रहरी र निर्माण कम्पनीका कर्मचारीहरू जुटेका छन्।सडक अवरुद्ध भएपछि पाल्पा मात्र होइन, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङजस्ता जिल्लातर्फ जान चाहने यात्रुहरू समस्यामा परेका छन्।

Exit mobile version