Skip to content
पाल्पा दर्पण

पाल्पा दर्पण

सत्यको प्रतिबिम्ब

Primary Menu
  • होमपेज
  • समाचार
  • विचार
  • मनोरञ्जन
  • बिजनेस
  • जीवनशैली
  • खेलकुद
  • अन्य
  • समाचार

संसदमा पाल्पाको वन डढेलो र नवीकरणीय उर्जाका सम्भावनाबारे छलफल

पाल्पा दर्पण March 7, 2025

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X


काठमाडौं – आजको प्रतिनिधिसभा बैठकमा पाल्पा जिल्लाका दुई प्रतिनिधिले पाल्पाली समस्याबारे आवाज उठाए। सांसद ठाकुर गैरेले पाल्पामा जारी वन डढेलोको समस्या तथा वन स्रोतहरूको उचित उपयोग गरेर काठको आयात घटाउने अवसरबारे चर्चा गर्नुभयो । त्यस्तै, सांसद नारायणप्रसाद आचार्यले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि आफ्ना धारणा राख्नुभयो।

सांसद ठाकुर गैरेले संसदको शून्य समयमा पाल्पाको रिब्दीकोट गाउँपालिका को जंगलमा लागेको भीषण डढेलोबारे चर्चा गर्नुभयो। गैरेका अनुसार, “पछिल्ला चार दिनदेखि करिब १७० हेक्टर क्षेत्रफलमा फैलिएको डढेलोले चार वटा सामुदायिक वन— मधुवन, भारेखोला, लेकखोला र कोबान मधुवनलाई पूर्ण रूपमा ध्वस्त बनाइसकेको छ। करोडौं मूल्य बराबरको काठ, दाउरा नष्ट भएको छ भने चराचुरुङ्गी तथा वन्यजन्तु कति क्षति भए भन्न सक्ने स्थिति छैन।”

गैरेले वन डढेलोका कारण नेपालले ठूलो मात्रामा काठको क्षति व्यहोर्नु परेको भन्दै त्यसको उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। “हामीले जति काठको क्षति डढेलोका कारण व्यहोरिरहेका छौं, त्यसलाई सही तरिकाले उपयोग गर्न सकिएमा काठको आयात घटाउन सकिन्छ,” । गैरेले वन पैदावारको सही उपयोग गरेर आर्थिक बचत गर्न सकिने सम्भावनाबारे सरकारलाई गम्भीर हुन आग्रह गर्नुभयो।

सांसद नारायणप्रसाद आचार्यले “नवीकरणीय उर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१” माथि सैद्धान्तिक छलफलमा भाग लिँदै सरकारलाई विधेयकको पहलका लागि धन्यवाद दिनुभयो।

आचार्यको अनुसार, “विश्वव्यापी रूपमा नवीकरणीय ऊर्जाको सम्भावनालाई महत्व दिइएको छ, नेपालमा पनि यसको राम्रो सम्भावना छ। तर, विभिन्न कानुनी अड्चनका कारण योजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन सकिएको छैन। यो विधेयकले यस क्षेत्रमा सहयोगी भूमिका खेल्नेछ।”

आचार्यले तराई, पहाड, हिमाल सबै क्षेत्रमा नवीकरणीय ऊर्जाको ठूलो सम्भावना रहेको बताउनुभयो। उनले पाल्पा को निस्ती गाउँपालिकामा सफल परीक्षण भइसकेको उदाहरण प्रस्तुत गर्दै भन्नुभयो, “गाउँपालिकाका निश्चित बजार क्षेत्रमा यसको प्रयोग भइसकेको छ, तर यसको दीर्घकालीन सञ्चालन र व्यवस्थापनमा ध्यान दिइएको छैन।”

आचार्यलेराज्यले साना लगानी भएका संरचनाहरूप्रति बेवास्ता नगरी प्रभावकारी नियमन र व्यवस्थापन गर्नुपर्ने  बताउनुभयो। साथै, “नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको ठूलो सम्भावना छ, लगानी भित्र्याउने र रोजगारी सिर्जना गर्न कानुनी प्रबन्ध आवश्यक छ,” उनले जोड दिए।

Like this:

Like Loading...

Continue Reading

Previous: पाल्पा माथागढीमा सरुवा तथा महामारीजन्य रोगसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
Next: अन्तर्राष्ट्रिय महिला दिवस २०२५: नेपालको आर्थिक वृद्धिमा महिलाको योगदान, अवसर, चुनौती र अवहेलना

Related Stories

Tinau-Dam.jpg?fit=890%2C420&ssl=1
  • समाचार

पाल्पाको तिनाउमा डुबेर भारतीय युवक बेपत्ता

पाल्पा दर्पण May 22, 2025
Thakur-Gaire-uml copy
  • समाचार

भूमिसम्बन्धी ऐनले समृद्धिको मार्ग खोल्नेछ : सांसद ठाकुर प्रसाद गैरे

पाल्पा दर्पण May 20, 2025
posan-maitri-1-1952025070109-1000x0-1.jpg?fit=1001%2C624&ssl=1
  • समाचार

पाल्पाको पूर्वखोला गाउँपालिकामा पोषणमैत्री स्वास्थ्य सेवा पूर्ण कार्यान्वयन

पाल्पा दर्पण May 19, 2025

You may have missed

Tinau-Dam.jpg?fit=890%2C420&ssl=1
  • समाचार

पाल्पाको तिनाउमा डुबेर भारतीय युवक बेपत्ता

पाल्पा दर्पण May 22, 2025
Thakur-Gaire-uml copy
  • समाचार

भूमिसम्बन्धी ऐनले समृद्धिको मार्ग खोल्नेछ : सांसद ठाकुर प्रसाद गैरे

पाल्पा दर्पण May 20, 2025
posan-maitri-1-1952025070109-1000x0-1.jpg?fit=1001%2C624&ssl=1
  • समाचार

पाल्पाको पूर्वखोला गाउँपालिकामा पोषणमैत्री स्वास्थ्य सेवा पूर्ण कार्यान्वयन

पाल्पा दर्पण May 19, 2025
prog-news-1140x570
  • समाचार

रम्भा, पूर्वखोला र निस्दी गाउँपालिकामा सञ्चालित क्षयरोग कार्यक्रमको संयुक्त समीक्षा सम्पन्न

पाल्पा दर्पण May 16, 2025
Copyright © पाल्पा दर्पण | MoreNews by AF themes.
Go to mobile version
%d