पाल्पा, राष्ट्रिय युवा संघ नेपाल, पाल्पा जिल्ला कमिटीको १० औं जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ।
अधिवेशनले कृष्ण कार्कीलाई अध्यक्षमा चयन गरेको छ। उपाध्यक्षमा सुमन पोख्रेल “क”, सचिवमा हरि बहादुर ज्ञवाली, सह-सचिवहरूमा भिमिसरा खाम्चा र योगेन्द्र सारु तथा कोषाध्यक्षमा सुमन पोख्रेल “ख” निर्वाचित भएका छन्। साथै, अधिवेशनले ४५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।
नव-निर्वाचित अध्यक्ष कृष्ण कार्कीले युवाहरूको हकहितका लागि संघले सक्रिय रूपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। संघका अन्य पदाधिकारीहरूले पनि संगठनलाई थप सबल बनाउने प्रतिज्ञा गरेका छन्।
अधिवेशनले पाल्पाका युवाहरूलाई संगठित गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।