

पाल्पा, २८ फागुन – घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजनामा तथा माथागढी गाउँपालिकाको समन्वयमा सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउने उद्देश्यले अन्तरतह समन्वय तथा सहकार्यसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
माथागढी गाउँपालिकाको झडेवामा सम्पन्न कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयको सांगठनिक संरचना, प्रवाह गरिने सेवाहरू, विद्यमान समस्या तथा समाधानका उपायहरूबारे विस्तृत सहजिकरण गरिएको थियो।
कार्यक्रममा विभिन्न तहका सरकारी अधिकारी, स्थानीय प्रतिनिधिहरू, व्यवसायी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहकार्य र समन्वयको आवश्यकतामा जोड दिएका थिए।
यस प्रकारका अन्तरक्रिया कार्यक्रमहरूले स्थानीय तहमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।