पाल्पा दर्पण

भूमिसम्बन्धी ऐनले समृद्धिको मार्ग खोल्नेछ : सांसद ठाकुर प्रसाद गैरे

पाल्पा — पाल्पा क्षेत्रका प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरेले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा धारणा राख्दै, भूमि व्यवस्थापनलाई व्यवस्थित गर्दै देशलाई समृद्ध बनाउने दिशामा यो विधेयक महत्वपूर्ण हुने बताएका छन्।

सांसद गैरेले संविधानले दिएको मौलिक हक, विशेष गरी भूमि सम्बन्धी अधिकारलाई सुनिश्चित गर्न सरकारद्वारा ल्याइएको विधेयकप्रति समर्थन जनाउँदै सरकारलाई धन्यवाद दिएका हुन्। उनले भने, “यो विधेयकले सिमावर्ती क्षेत्रभित्रको जमिनको सुरक्षा, भोगचलन, तथा उत्पादनशील उपयोगमार्फत राष्ट्रिय समृद्धिमा योगदान पुर्याउनेछ।”

उनले संविधानको धारा 37, 40, 42, र 51 उल्लेख गर्दै, हरेक नागरिकलाई उपयुक्त आवास, भूमिहीन दलितलाई जमिन उपलब्ध गराउने, र कृषकलाई कृषि कार्यका लागि भूमि पहुँच सुनिश्चित गर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयनको आवश्यकता औंल्याए।

Exit mobile version