नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरण बिस्तारै सेलाउँदै गर्दा, उत्तरी भारतमा लोकप्रिय मानिएको लल्लनटप न्युज च्यानलले केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूसँग लिएको अन्तर्वार्तासहितको रिपोर्ट सार्वजनिक गरेको छ। उक्त रिपोर्टले विश्वविद्यालयभित्रको वास्तविकता बाहिर ल्याउने प्रयास गरेको छ।
नेपाली विद्यार्थीहरूले सामना गरिरहेको दमन, भेदभाव, र विश्वविद्यालय प्रशासनको असंवेदनशीलता उजागर गरिएको छ। रिपोर्ट अनुसार, प्रकृति लम्सालको मृत्यु प्रकरणमा सत्यतथ्य बाहिर ल्याउन खोज्दा विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीहरूलाई दबाउन खोजेको आरोप लागेको छ। साथै, केही प्राध्यापकहरूबाट नस्लवादी टिप्पणी भएको भिडियोसमेत सार्वजनिक भएको छ। नेपाली विद्यार्थीहरूले आफूहरूमाथि भइरहेको दुर्व्यवहारबारे खुलेर बोलेका छन्, तर उनीहरूलाई कलेजबाट निष्कासित गर्ने धम्की दिइएको छ।
यो विषय नेपाली संसदसम्म पुगेको थियो नेपाल सरकारले दुई अधिकारीहरूलाई भुवनेश्वर पठाएको थियोभने भारत सरकारसँग नेपाली विद्यार्थीहरूको सुरक्षाको ग्यारेन्टी माग गरिएको छ। घटनाले भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। यस प्रकरणको निष्पक्ष छानबिन र दोषीहरूमाथि कडा कारबाहीको माग भइरहेका बेला, नेपाल र भारत दुवै सरकारको भूमिकालाई ध्यानपूर्वक हेरिएको छ।
भिडियो हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला।
https://www.youtube.com/watch?v=H6eh2FFYqYc