पाल्पा — स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा माथागढी गाउँपालिका अन्तर्गत झडेवामा सरुवा तथा महामारीजन्य रोगहरुको बारेमा सचेतिकरण तथा पैरवी कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष यम बहादुर चिदी, उपाध्यक्ष विष्णुमाया लुङ्चे, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरे, प्रवक्ता शंकर दर्लामी, वडाध्यक्षहरु गणेशमान गाहा, युव बहादुर ठाडा, जंग बहादुर दर्लामी, दिल बहादुर ढेंगा, कार्यपालिका सदस्यहरु, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा डाक्टर शिसिर पटेल, स्वास्थ्य कार्यालय पाल्पाकी जनस्वास्थ्य अधिकृत महालक्ष्मी ढुङ्गाना, जनस्वास्थ्य अधिकृत हुमनाथ आले, माथागढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केशव जिसी, हेल्थ असिस्टेण्ट प्रवेश पौडेललगायतले सहजिकरण गरेका थिए।
सचेतना कार्यक्रममार्फत सरुवा तथा महामारीजन्य रोगहरुको रोकथाम, नियन्त्रण र व्यवस्थापनका विषयमा जानकारी प्रदान गरिएको थियो।