
छात्राहरु महिनावारीका कारण विद्यालय अनुपस्थित हुन नपरोस् भन्ने उद्देश्यले जेसिजले प्याड वितरणसँगै महिनावारी स्वच्छता तथा स्वास्थ्य सम्बन्धी जानकारीसमेत प्रदान गरेको छ। जेसिज वर्ष २०२५ का अध्यक्ष जेसी विवेक काजी शाक्यले महिलाका लागि महिनावारीको अवधि शारीरिक रूपमा चुनौतीपूर्ण हुने भएकाले उनीहरुलाई सहज अनुभूति गराउन र विद्यालयको उपस्थिति निरन्तरता दिन सहयोग पु¥याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताए।
“हामीले युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै शिक्षा, स्वास्थ्य तथा पर्यटनका क्षेत्रमा समेत काम गर्दै आएका छौं। यसअघि साइबर अपराध सम्बन्धी प्रशिक्षण पनि दिएका थियौं। भविष्यमा विद्यार्थीहरुलाई आवश्यक नेतृत्व विकास तालिम दिन हामी तयार छौं,” अध्यक्ष शाक्यले भने।
कार्यक्रमका क्रममा जेसिजका पदाधिकारीहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विधान श्रेष्ठ र विद्यालयका प्रधानाध्यापक दीपक प्रसाद ज्ञवालीलाई सेनेटरी प्याड तथा फोहोर व्यवस्थापनका लागि बाल्टीन हस्तान्तरण गरेका थिए। कार्यक्रम विभिन्न व्यक्तिहरुको सहयोगमा सम्पन्न गरिएको थियो।
4o