पाल्पा दर्पण

पाल्पा चिर्तुङ्धारामा दुःखद मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु, छोरा घाइते

पाल्पा, — सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको बगनासकाली गाउँपालिका–१ स्थित चिर्तुङ्धारा र राइडाँडाको बीचमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

लु ६१ प ७६३६ नम्बरको मोटरसाइकलमा सवार तानसेन नगरपालिका–६ का ४१ वर्षीय पदमबहादुर दर्लामीको ज्यान गएको हो। उहाँका छोरा, १८ वर्षीय सन्दीप दर्लामी गम्भीर घाइते भएका छन्।

उकालो सडकमा मोटरसाइकल अचानक पछाडि सरेर पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुर्घटनापछि गम्भीर घाइते भएका पदमबहादुरलाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएको थियो। तर, उपचारको क्रममा उहाँको मृत्यु भएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए।

छोरा सन्दीप दर्लामीको पनि युनाइटेड मिसन अस्पतालमै उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

Exit mobile version