पाल्पा दर्पण

पाल्पाको रामपुर नगरपालिका वार्ड नं ३ मा विकास परियोजनाको विशेष अनुगमन

पाल्पा, ३ चैत – लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समिति सभापति माननीय राजु प्रसाद श्रेष्ठले पाल्पा जिल्लाको रामपुर नगरपालिका–३ मा भइरहेका विभिन्न विकास परियोजनाको विशेष अनुगमन गर्नुभएको छ।
शनिबार भएको अनुगमनका क्रममा श्रेष्ठले टाँडी, बगाहा, चनौली र किर्तिपुर खानेपानी आयोजना, दर्छा क्याम्पसको निर्माणाधीन भवन तथा रातोढिक पहरे सामुदायिक वनमा पर्यटकीय पार्क निर्माणको प्रगति निरीक्षण गर्नुभयो।
उहाँले विकास परियोजनाको गति र गुणस्तरप्रति चासो राख्दै कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिए। श्रेष्ठले योजनाहरू समयमा सम्पन्न गर्न स्थानीय सरकार र सरोकारवालासँग सहकार्य आवश्यक रहेको बताउनुभयो।
स्थानीयबासीहरूले खानेपानी आयोजनाको शीघ्र सम्पन्नता, क्याम्पस भवन निर्माणलाई थप बजेट सुनिश्चितता, तथा पर्यटकीय पार्क निर्माणमा गुणस्तर कायम राख्न माग गरेका छन्।
यस अनुगमनले विकास परियोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि थप मद्दत मिल्ने अपेक्षा गरिएको छ।

Exit mobile version