पाल्पा दर्पण

पाल्पाको मलेङमा जिप दुर्घटना : १८ वर्षीया एलिसाको मृत्यु, चार घाइते

पाल्पा — आइतबार साँझ तानसेनबाट भालेवासतर्फ गइरहेको जिप मलेङमा दुर्घटनामा पर्‍यो, जसले एउटी किशोरीको ज्यान लियो।

लु १ ज १७२४ नम्बरको जिप मलेङको उकालो भित्री कच्ची सडकमा अचानक ब्रेक फेल भएपछि दुर्घटना भएको हो। उक्त दुर्घटनामा परी स्याङ्जा, कालिगण्डकी गाउँपालिका–१ निवासी १८ वर्षीया एलिसा सारुको घटनास्थलमै मृत्यु भयो। उनको जीवनको सपना अधुरै रह्यो।

जिपमा जम्मा ९ जना सवार थिए। तीमध्ये ४ जना घाइते भएका छन्। घाइतेमध्ये ३६ वर्षीया निता दर्लामीको टाउकोमा गम्भीर चोट लागेको छ र उनको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले जानकारी दिनुभयो। बाँकी तीन जना घाइतेको नाम खुलेको छैन। उनीहरू सबैलाई लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारका लागि लगिएको छ।

Exit mobile version