पाल्पा दर्पण

पाल्पाको बगनासकालीमा रुखबाट खस्दा पुरुषको मृत्यु

पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिका-७, नाच्नेडाँडाका ४२ वर्षीय दिलप्रसाद भट्टराईको रुखबाट खस्दा मृत्यु भएको छ।

बुधबार बिहान करिब ८ बजे, घाँस काट्न घरनजिकैको रुखमा चढेका भट्टराई अचानक रुखबाट लडेका थिए। गम्भीर घाइते भएका उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

भट्टराईको शवलाई पोष्टमार्टमका लागि तानसेनस्थित पाल्पा अस्पताल ल्याइएको अस्पताल प्रशासनले जनाएको छ।

Exit mobile version