पाल्पा – खाद्य वस्तुको स्वच्छता, गुणस्तर र नियमन विषयमा जनचेतना कार्यक्रम पाल्पाको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र तानसेन नगरपालिका वडा नं. ९ को समन्वयमा दमकडा सफलतापूर्वक सम्पन्न भएको छ।
यस कार्यक्रमको मुख्य उद्देश्य उपभोक्ता, उत्पादक र व्यवसायीहरूलाई खाद्य सुरक्षा, तौल तथा मूल्यको सही नाप, स्वच्छता र कानूनी नियमहरूबारे जानकारी दिनु थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय का प्रमुख नरेश श्रेष्ठ र प्राविधिक सहायक मनोज अधिकारी ले खाद्य वस्तुको शुद्धता र स्वच्छता कायम गर्ने आवश्यकता, तौल र मूल्यमा पारदर्शिता राख्ने बाध्यता, उत्पादक र व्यापारीहरूको जिम्मेवारी, उपभोक्ता अधिकार र सचेतना जस्ता विषयमा जानकारी दिए ।
कार्यक्रममा सहभागी स्थानीय ब्यापारी तथा नागरिकहरूले खाद्य गुणस्तर र उपभोक्ता हकमा सुधार गर्ने प्रतिबद्धता जनाए।
यो अभियान खाद्य सुरक्षा र उपभोक्ता अधिकार संरक्षणका लागि स्थानीय प्रशासनद्वारा गरिने निरन्तर प्रयासहरूको एक भाग हो। यस्तै कार्यक्रमहरू अन्य क्षेत्रहरूमा पनि आयोजना गर्ने योजना छ।