Site icon पाल्पा दर्पण

नेपालमा ५.१ म्याग्निच्युडको भूकम्प महसूस

vector-illustration-earthquake-curve-wave-earth-crack-red-background-166578158

काठमाडौं — नेपाल, भारत र चीनलाई प्रभावित गर्ने गरी ५.१ म्याग्निच्युडको भूकम्प गएको छ। प्राप्त जानकारीअनुसार भूकम्पको केन्द्रविन्दु नेपालको लिस्टिकोट नजिकै, काठमाडौंबाट करिब 2 किलोमिटरको दूरीमा रहेको छ।

भूकम्प बिहीबार बिहान २:५१ बजे गएको बताइएको छ। भूकम्पको धक्का नेपालका विभिन्न क्षेत्रमा महसुस गरिएको छ भने भारत र चीनका सीमावर्ती क्षेत्रमा पनि असर पुगेको हुनसक्ने अनुमान गरिएको छ।

हालसम्म कुनै ठूलो क्षति वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। थप विवरणका लागि आधिकारिक निकायहरूबाट जानकारी प्रतीक्षा गरिएको छ।

Exit mobile version