पाल्पा दर्पण

तानसेनमा विद्यालय स्वास्थ्य तथा पोषण सम्बन्धी विशेष तालिम सुरु

पाल्पा – विद्यालय स्वास्थ्य कार्यक्रम, पोषण प्रवर्धन, र खाद्य स्वच्छता सम्बन्धी तीन दिने विशेष तालिम तानसेनमा सुरु भएको छ। स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा तथा शिक्षा विकास तथा समन्वय इकाईको समन्वयमा सञ्चालित यस तालिममा विद्यालयमा कार्यरत स्वास्थ्य विषय शिक्षक तथा विद्यालय नर्सहरू सहभागी छन्।

यस तालिममा विद्यालय स्वास्थ्य सेवाको प्रभावकारिता, बालबालिकाको पोषण स्थिति सुधार, र खाद्य स्वच्छता तथा सुरक्षित खानेकुरा प्रवर्धन जस्ता महत्वपूर्ण विषयमा प्रशिक्षण दिइँदैछ। तालिमको सहजीकरण स्वास्थ्य कार्यालय पाल्पाका विश्वनाथ न्यौपाने, शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत बसन्तराज भट्ट लगायतका प्रशिक्षकहरूले गरिरहेका छन्।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पाल्पाका १० वटा पालिकाका ३० जना सहभागी रहेको यो तालिम शनिबारसम्म सञ्चालन हुनेछ। यस कार्यक्रमले विद्यालय स्वास्थ्य नीति कार्यान्वयन, विद्यार्थीहरूको पोषण सुधार, र स्वास्थ्य शिक्षा प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Exit mobile version