काठमाडौं, २६ फागुन – निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशनमा लुम्बिनी प्रदेशका माननीय स्वास्थ्यमन्त्री खेम बहादुर सारुले शिक्षा क्षेत्रको विकासले देशको समग्र उन्नतिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ।
शनिबार प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित महाधिवेशनमा विशिष्ट अतिथिको रूपमा मन्तव्य व्यक्त गर्दै मन्त्री सारुले गुणस्तरीय शिक्षाले गरिबी निवारण, पिछडिएको क्षेत्रको सशक्तीकरण, समान अवसरको सिर्जना तथा विज्ञान, प्रविधि, श्रम बजारका लागि आवश्यक जनशक्ति उत्पादन गर्न मद्दत गर्ने उल्लेख गर्नुभयो।
उहाँले तथ्य, आँकडा, प्रमाण तथा विश्लेषणात्मक तर्कशक्तिमा विश्वास गर्ने नागरिक निर्माण गर्न शिक्षाको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
महाधिवेशनमा देशभरका निजी विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।