पाल्पा दर्पण

सांसद ठाकुर प्रसाद गैरेद्वारा स्वास्थ्य बीमासम्बन्धी विशेष प्रस्ताव, जनताको स्वास्थ्य सुरक्षामा जोड

काठमाडौँ, चैत ६ – प्रतिनिधि सभा बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावको विषयमा आज सांसद ठाकुर प्रसाद गैरेले स्वास्थ्य बीमासम्बन्धी महत्त्वपूर्ण प्रस्ताव राख्दै जनताको स्वास्थ्य सुरक्षालाई ग्यारेन्टी गर्ने नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ। उहाँले स्वास्थ्य सेवा मौलिक अधिकार भएको भन्दै सबै नागरिकलाई निःशुल्क रूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारको दायित्व रहेको बताउनुभएको छ।

गैरेले आफ्नो सम्बोधनमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै हालको प्रक्रिया झन्झटिलो भएको र धेरै नागरिकले यसको लाभ लिन नसकेको बताउनुभयो। 

यसअघि सांसद गैरेले पाल्पा जिल्लाका अस्पतालहरूमा रोकिएको स्वास्थ्य बीमा कार्यक्रम पुनःसञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ। गैरेको पहलमा सरकारले स्वास्थ्य बीमा कार्यक्रम पुनःसञ्चालित गरेको छ, जसले पाल्पाका नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सहज बनाएको छ।

उहाँले स्वास्थ्य सेवामा बजेट वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउँदै स्वास्थ्य बीमालाई अझ प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्नुभयो। साथै, वित्तीय स्रोत वृद्धि गर्न कर नीति पुनरावलोकन गर्नुपर्ने प्रस्ताव राख्नुभयो।

उहाँले सरकारलाई जनताको स्वास्थ्य रक्षाका लागि संसद एकजुट भएर सहयोग गर्न तयार रहेको सन्देश समेत दिनुभयो।  गैरेले नागरिकको बाँच्न पाउने नैसर्गिक अधिकार सुनिश्चित गर्न सरकारले स्वास्थ्य क्षेत्रमा आवश्यक लगानी गर्नुपर्नेमा जोड दिनुभयो।

भिडियोको लागि यहाँ क्लिक गर्नुहोस्।

Exit mobile version