पाल्पा दर्पण

माथागढी कपमा रामपुरको दबदबा, तानसेनलाई ४–२ ले पराजित

माथागढी गाउँपालिकामा जारी अन्तरपालिका माथागढी कप फुटबल प्रतियोगिता अन्तर्गत चौथो दिनको खेलमा रामपुर नगरपालिका र तानसेन नगरपालिकाबीच प्रतिस्पर्धा भएको छ।

सोमबार वडा नम्बर ३ स्थित सराई मैदानमा सम्पन्न उक्त खेलमा रामपुरले उत्कृष्ट प्रदर्शन गर्दै तानसेनमाथि ४–२ को जित दर्ता गर्‍यो। रामपुरका खेलाडी गौरव पराजुली म्यान अफ दी म्याच घोषित भएका छन्। यो जानकारी वडा नम्बर ३ का अध्यक्ष तथा खेल संयोजक तेज घर्ती मगरले दिएका हुन्।

शुक्रबारदेखि सुरु भएको प्रतियोगिता सराई खेल मैदानमा जारी छ। प्रतियोगितामा कुल ६ टिमले सहभागिता जनाएका छन्। विजेता टिमले १ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टिमलाई ७५ हजार रुपैयाँ र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

Exit mobile version