Skip to content
पाल्पा दर्पण

पाल्पा दर्पण

सत्यको प्रतिबिम्ब

Primary Menu
  • होमपेज
  • समाचार
  • विचार
  • मनोरञ्जन
  • बिजनेस
  • जीवनशैली
  • खेलकुद
  • अन्य
  • समाचार

चिदीपानीमा मानसिक स्वास्थ्य र सामाजिक समस्याबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

पाल्पा दर्पण March 24, 2025

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

पाल्पा- माथागढी गाउँपालिकाको आयोजनामा चिदीपानीस्थित वडा कार्यालयको भवनमा आत्महत्या, सडक दुर्घटना, नसर्ने रोग र मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। एक दिने उक्त कार्यक्रममा माथागढी गाउँपालिकाका वडा नं. १, २, र ३ का जनप्रतिनिधिहरू, विद्यालयका शिक्षकहरू, सहकारी संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा परम्परागत उपचारमा संलग्न व्यक्ति सहभागी भएका थिए।

गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीका अनुसार नेपालमा नसर्ने रोगहरू बढ्दै गएका छन्, जसको उपचार महँगो र दीर्घकालीन हुने भएकाले समाजमा ठूलो असर पारिरहेको छ। मानसिक स्वास्थ्य समस्या, आत्महत्या र सडक दुर्घटनाका कारण पनि समाज प्रभावित भइरहेको भन्दै उनले यस्ता समस्याबारे जनचेतना अभिवृद्धि गर्न कार्यक्रम आयोजना गरिएको बताए।

माथागढी-१ का वडा अध्यक्ष राजकुमार पन्थीले कार्यक्रममा सहभागी सबैजना समुदायका अगुवा भएकाले उनीहरूले आत्महत्या न्यूनीकरण, सडक दुर्घटना रोकथाम तथा नसर्ने रोगबारे जानकारी लिएर समाजमा चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रम माथागढी गाउँपालिका वडा नं. १ का अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक राजकुमार पन्थीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी रहेका थिए भने वडा सदस्यहरू डुकुल गाहा, टोल बहादुर मस्राङी, लिला कुमारी बि.क., तथा वडा नं. २ का सदस्य यानसिं थापा लगायतले आतिथ्यता जनाएका थिए। कार्यक्रमको सहजीकरण मेडिकल अधिकृत डा. विवेक पौडेल, स्वास्थ्य शाखा प्रमुख केशव जि.सी. तथा प्रहरी सहायक निरीक्षक चुरामणी अधिकारीले गरेका थिए।

Like this:

Like Loading...

Continue Reading

Previous: तानसेनमा विद्यालय स्वास्थ्य तथा पोषण सम्बन्धी विशेष तालिम सुरु
Next: पाल्पा, बाँके र अर्घाखाँचीमा पारिवारिक स्वास्थ्य प्रोफाइल तयारी अभियान सुरू

Related Stories

Tinau-Dam.jpg?fit=890%2C420&ssl=1
  • समाचार

पाल्पाको तिनाउमा डुबेर भारतीय युवक बेपत्ता

पाल्पा दर्पण May 22, 2025
Thakur-Gaire-uml copy
  • समाचार

भूमिसम्बन्धी ऐनले समृद्धिको मार्ग खोल्नेछ : सांसद ठाकुर प्रसाद गैरे

पाल्पा दर्पण May 20, 2025
posan-maitri-1-1952025070109-1000x0-1.jpg?fit=1001%2C624&ssl=1
  • समाचार

पाल्पाको पूर्वखोला गाउँपालिकामा पोषणमैत्री स्वास्थ्य सेवा पूर्ण कार्यान्वयन

पाल्पा दर्पण May 19, 2025

You may have missed

Tinau-Dam.jpg?fit=890%2C420&ssl=1
  • समाचार

पाल्पाको तिनाउमा डुबेर भारतीय युवक बेपत्ता

पाल्पा दर्पण May 22, 2025
Thakur-Gaire-uml copy
  • समाचार

भूमिसम्बन्धी ऐनले समृद्धिको मार्ग खोल्नेछ : सांसद ठाकुर प्रसाद गैरे

पाल्पा दर्पण May 20, 2025
posan-maitri-1-1952025070109-1000x0-1.jpg?fit=1001%2C624&ssl=1
  • समाचार

पाल्पाको पूर्वखोला गाउँपालिकामा पोषणमैत्री स्वास्थ्य सेवा पूर्ण कार्यान्वयन

पाल्पा दर्पण May 19, 2025
prog-news-1140x570
  • समाचार

रम्भा, पूर्वखोला र निस्दी गाउँपालिकामा सञ्चालित क्षयरोग कार्यक्रमको संयुक्त समीक्षा सम्पन्न

पाल्पा दर्पण May 16, 2025
Copyright © पाल्पा दर्पण | MoreNews by AF themes.
Go to mobile version
%d